यदि तपाईको खुट्टाको कुर्कुच्चा फुटेको छ भने त्यसले तपाईंको चिन्ता बढाउँछ । यो समस्याबाट मुक्ति पाउनका लागि महिलाहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । विभिन्न क्रिम र लोसन लगाउने गर्छन् । तर, त्यस्ता क्रिमले कुनै असर गर्दैन ।कुर्कुच्चा सफा गर्नुपर्छ:नुहाउँदा आफ्नो कुर्कुच्चालाई स्क्राबले सफा गर्नुपर्छ । त्यसो गर्दा मृत छाला र फोहोर निस्कन्छ । बाहिरबाट घर आइसकेपछि आफ्नो खुट्टालाई तातो पानीमा डुबाएर सफा गर्नुपर्छ ।

कुर्कुच्चालाई नरम बनाउनुपर्छ:पैतालामा तेल ग्रन्थी नभएका कारण यो सधैं सुख्खा हुन्छ । त्यसको लागि तपाईं राति सुत्नु अगाडि त्यसमा तेल अथवा क्रिमले मसाज गर्नुपर्छ ।केराको गुदी:फुटेको कुर्कुच्चामा केराको गुदी लगाउनुपर्छ । त्यसलाई १० मिनेटसम्म राखेर त्यसपछि चिसो पानीले धुनुपर्छ । जबसम्म तपाईंको खुट्टा राम्रो हुँदैन । तबसम्म दिनमा एक पटक गर्नुपर्छ ।

कागती:खुट्टालाई कागती र तातो पानीको घोलमा १५ मिनेटसम्म डुबाउनुपर्छ । पैतालालाई स्क्राब गर्नुपर्छ । राम्रोसँग धोएर मोइस्चराइजर लगाएर मोजा लगाउनुपर्छ ।ग्लिसिरीनको घोल:आधा बाल्टिन पानीमा ग्लिसिरीन हाल्ने र १० मिनेटसम्म त्यस घोलमा खुट्टा डुबाउने गर्नुपर्छ । त्यसपछि चिसो पानीले खुट्टा धुनुपर्छ र आफैं सुक्न दिनुपर्छ । खुट्टा सुकेपछि लोसन लगाएर आफ्नो खुट्टालाई नरम बनाउन सकिन्छ ।

मेवाको गुदी;सुख्खा कुर्कुच्चालाई पाकेको मेवाको गुदिले मसाज गर्नुपर्छ । यसो गर्दा पैताला धेरै फुट्न पाउँदैन र मुलायम पनि हुन्छ ।दुध र मह:दुधलाई महसँग मिसाउने र त्यसमा आफ्नो खुट्टा १५-२० मिनेटको लागि डुबाउनुपर्छ । त्यसपछि हल्का स्क्राब गर्नु र पछि तातो पानीले धुनुपर्छ ।

नुन;आधा बाल्टी पानीमा नुन हाल्नुपर्छ र राम्रोसँग चलाउनुपर्छ । नुनले तपाईंको कुकुच्चाको मृत छाला निस्कन्छ र खुट्टा कोमल बन्छ ।तेल मसाज;२० मिनेटको लागि तेल मसाज गर्नुपर्छ र १ घण्टाको लागि खुट्टालाई त्यसै छाडिदिनुपर्छ । यो प्रक्रियालाई हप्तामा तीन पटक राति सुत्नु अगाडि गर्नुपर्छ ।

याे पनि पढ्नुहोस्

पुरानो दादलाई ३ दिनमै चैट पार्ने यो चमत्कारिक घरेलु औषधी !

शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ । आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।

२. बनाउने विधि: सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर ९पुजा गर्न प्रयोग गरिने० नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।

३। लगाउने विधि: शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय