राष्ट्रिय खबर

हल्दिबारीको जनप्रतिनिधि बिच उत्पन्न विवाद सल्टाउन विशेष गाउँसभा


  काठमाडाैं   पत्र पत्रिका   २०७७ कार्तिक २७, ११:५०

हल्दिबारी । सातौं गाउँसभाका क्रममा उत्पन्न विवाद सल्टाउनका लागि हल्दिबारी गाउँपालिकाले आज विशेष गाउँसभा गर्ने भएको छ ।
कात्तिक २४ गते बसेको कार्यपालिका बैठकले विशेष गाउँसभा गर्ने निर्णय गरेको हो । त्यसको अघिल्लो दिन भएको छलफलमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले सातौं गाउँसभाको तेस्रो बैठक राख्न प्रस्ताव गरेका थिए ।

 

तर , बहुमत सदस्यले त्यसलाई अस्वीकार गरेपछि विशेष गाउँसभा गर्ने सहमति बनेको हो । विशेष गाउँसभामा उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा भएको सातौं गाउँसभाको असार १० को पहिलो र साउन २६ को दोस्रो बैठकले गरेका निर्णयलाई स्वीकार गर्ने अध्यक्ष लिङ्देनले सहमति जनाएको बताइएको छ । गत असार १० गते सातौं गाउँसभाका क्रममा हल्दिबारीमा विवाद उत्पन्न भएको थियो । त्यसलाई साउन २६ गतेको दोस्रो बैठकले अझ बढाएको थियो । सातौं गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष र उपाध्यक्षले मिलेर जानुको विकल्प छैन । प्रतिदिन दैनिकबाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु