मुख्य

रौतहटमा गोली हानी एक युवतीको हत्या


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २७, ११:५७

रौतहटमा गोली हानी एक युवतीको हत्या भएको छ । जिल्लाको माधव नारायण नगरपालिका-५ लौकाहा टोलमा राति ११ बजे घरमा सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारी साहको गोलीहानी हत्या गरीएको हो ।

मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन् ।

राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडो भन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो ।

गएको २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भएपनि पछिल्लो समय अमृता माइतमा नै बस्दै आएकी थिइन । उनको सर्लाही मधुवनगोठका रुपेश साह संग विवाह भएको थियो । विवाह भएको केही समयपछि देखी नै माइतमा बस्दै आएको बताइएको छ ।

मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु