कोरोना

अमेरिकामा सबैभन्दा धेरै संक्रमित टेक्सासमा, संक्रमित संख्या दश लाख बढी


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २७, १२:०१

अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन्।

जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरूको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरूले जानकारी दिएका छन्।

अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरू भएको पहिलो राज्य भएको छ।

उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन्।

त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्यु हुने नागरिकको संख्या १९ हजार ३३७ जना रहेका छन्। टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकमा देखाइएको छ।

 

उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन्। त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ।

विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो।

अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु