मुख्य

दमक ६ का वडा अध्यक्षमा कोरोना, भोलिसम्म कार्यालय बन्द


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २७, १९:३५

दमक। झापाको दमक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर थापालाई कोरोना पुष्टि भएसँगै आजबाट २ दिनका लागि वडा कार्यालय बन्द गरिएको छ ।

कोरोना संक्रमित थापा आइसोलेसनमा रहेको र अन्य जनप्रतिनिधि र कर्मचारी पनि स्वाब परीक्षणका लागि पठाइ होम आइसोलेसनमा बसेको हुँदा कार्यालय बन्द गरेको वडा कार्यालयले जनाएको छ । दमकमा आज मात्र थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु