पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

हालसम्म भएका संक्रमितमध्ये १ लाख ६४ हजार ५९२ जना निको भइसकेका छन् भने ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार २ हजार ३४९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार १८९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय