मुख्य खबर

बढ्यो सम्बध बिच्छेदका घटना


  काठमाडाैं   रासस   २०७७ कार्तिक २७, २१:२६

दोलखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिन्छ । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए । यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरी कुल एक सय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दालाई विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिए ।

संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन् । अहिले देवानीसंहिताको परिच्छेद ३ को दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ । नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु