मुख्य खबर

लक्ष्मीपुजाको दिन ललितपुरमा दमकल थप स्ट्याडन्बाई


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २८, १३:००

काठमाडौँ । तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा सुग्घर गरीआँगन, दैलो, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ‍¥याङ्लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

कोहीले दियो बत्ति बाल्छन्, कोहीले मैनबत्ति बाल्छन्, कोहीले टुकी बत्ति बाल्छन् भने कोहीले बिजुलीबत्ति त कोही प्याला बालेर घर झिलिमिलि बनाउँछन् । बत्ति बालेर पुजा मनाइने लक्ष्मीपुजाको दिन रमाइलोसँगै सबैजना चनाखो पनि रहनुपर्छ ।

लक्ष्मीपुजाको दिन अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा बत्ति बालेर छाड्ने गरिन्छ । सोही क्रममा आगलागि हुने सम्भावना धेरै हुन्छ । २०७६ कात्तिक ११ गते लक्ष्मीपुजाको दिन मोरङमा ४ वर्षीय बालक उग्सन गिरीको मृत्यु भयो । मैनबत्ति बालेर सुतेको अवस्थामा आगलागी हुँदा गिरीको मृत्यु भएको थियो । यस्तै सोहीदिन उदयपुरमा एक कपडा पसलमा मैनबत्ति बालेर छोड्दा आगलागी भएर एक करोड २० लाख बराबरको क्षति भयो ।

यी माथिको उदाहरण मात्र हो । ललितपुर महानगरपालिकाले लक्ष्मीपुजाको दिनलाई नै मध्यनजर गर्दै आगलागी हुने सम्भावना भएकोले थप स्ट्यान्डबाई दमकल राखेको छ । दमकल विभाग प्रमुख सिताराम हाछेथुका अनुसार लक्ष्मीपुजाको दिन अन्य दिनभन्दा चनाखोका साथ थप स्ट्यान्बाई दमकल राखिएको छ ।

लक्ष्मीलाई खुसी पार्न बत्ति बाल्ने गरिन्छ । बत्तिको खुसीयालीमा धनमालको क्षति हुनसक्ने हाछेथुको भनाइ छ । ‘लक्ष्मीपुजाको दिन बत्ति बालेर छाड्ने गरिन्छ । त्यसरी बालेर छाड्न हुन्न,’ हाछेथु भन्छन्, ‘सुत्ने बेला बत्ति बालेर नछाडौं । निभाएर मात्र सुत्यौं ।’

मैनबत्ति, दियोबत्ति, टुकीबत्ति झ्या, ढोका र भर्याङमा बालेर छाड्न नहुने हाछेथुको तर्क छ । ‘झिलिमिलि बत्तिले पनि आगलागी हुनसक्छ । झिलिमिलि बत्तिमा कमसल तार प्रयोग भएको हुन्छ । बढि लोड भएको अवस्थामा सर्ट भएर आगलागी हुनसक्छ ।’यस्ता कुराहरुमा सावधानी अपनाउनुपर्ने हाछेथु बताउँछन् ।

हाछेथुका अनुसार मैनबत्ति त झ्याल, ढोका, भर्याङ र टेबलमा बालेर छाड्नहुन्न । मैनबत्ति पग्लिने भएको कारण काठमा राखेर बाल्न नहुने हाछेथुले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लक्ष्मीपुजाको दिन बत्ति बालेर विशेष महत्वकासाथ मनाइने गरेको बताए । सोही दिनलाई मध्यनजर गर्दै ललितपुर महानगरले दमकल स्ट्यान्डबाई राखेको महर्जनले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु