अन्तराष्ट्रिय

ओबामाले राहुल गान्धीको बारेमा आफ्नो किताबमा के लेखे ?


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक २८, १४:४९

काठमाण्डाै – अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो किताबमा भारतका कांग्रेस नेता राहुल गान्धीप्रति टिप्पणी गरेका छन् । ओबामाले आफ्नो किताबमा राहुल गान्धी आफ्नो शिक्षकलाई प्रभावित गर्न चाहने तर ‘विषयमा दक्ष’ बन्नको लागि इच्छा वा योग्यताको कमी भएको एक ‘नर्भस’ (आशङ्कित) र तयारी गरिरहेको छात्र’ भएको बताएका छन् ।

ओबामाले आफ्नो कार्यकालको संस्मरणमा लेखेका किताब ‘अ प्रमिस्ट ल्याण्ड’ (प्रतिज्ञा गरिएको जमिन) मा कांग्रेस नेता सोनिया गान्धी र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको नाम पनि उल्लेख गरेका छन् ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले आउँदो हप्ता जारी हुने ओबामाको किताबको समीक्षा लेखेको छ ।

ओबामाले आफ्नो पुस्तकमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबारे उल्लेख गर्दै उनमा एक किसिमको ‘प्रभावित पार्ने इमानदारिता’ भएको लेखेका छन् ।

सात सय ६८ पृष्ठको उनको संस्मरण उनको राजनीतिमा प्रवेश र शिखरसम्म पुगेको यात्रामा आधारित छ ।

बराक ओबामाले यसअघि कैयौँ किताब लेखिसकेका छन्, जसमा ‘ड्रिम्स फ्रम माइ फादर’, ‘द अडासिटी अफ होप’ र ‘चेन्ज वी क्यान विलिभ इन’ सामेल छन् ।

ओबामाको टिप्पणीलाई लिएर कांग्रेसले एक दुई भेटलाई लिएर कसैको क्षमता आँकलन गर्न मुस्किल हुने बताएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु