काठमाडौं । अपर तामाकोशीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नोक्सानी बेहोर्नुपरेको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष पनि कम्पनी १ करोड ३० लाख रुपैयाँ नोक्सानमा थियो ।

आयोजना नोक्सानीमा जानुको कारण समयमै आयोजनजा नसकिनु हो । समयमै आयोजना नसकिदा बिद्युत बिक्रिबाट आम्दानी हुन सकेको छैन । जसका कारण नोक्सानमा जानु परेको कम्पनीले जनाएको छ । दोलखामा ४ सय ५६ मेगावाट क्षमताको आयोजना निर्माण भइरहेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । असोजसम्ममा कम्पनीको ३८ अर्ब ५८ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको देखिन्छ ।

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १६ हजार २ सय ६ रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १२ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ २१ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर