मुख्य

कोरोना भाइरस नेपाल: तिहारमा देउसीभैलो खेले कारबाही हुने


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २८, १५:४६

गृह मन्त्रालयले तिहारको बेला कोरोनाभाइरस फैलिने जोखिमलाई कम गर्न देउसी-भैलोजस्ता कार्यक्रम नगर्न आह्वान गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।

महामारीको अवस्थामा जो जहाँ छ त्यहीँ बसेर मनाउन र भिडभाड नगर्न उसले चेतावनी दिएको छ।

यसबीचमा झन्डै दुई दशकदेखि प्रस्तुत हुँदै आएको ‘सिस्नुपानी देउसी’ सङ्क्रमणको जोखिमका कारण यो वर्ष स्थगित गर्नुपरेको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए।

साथै पटका तथा आतसबाजीको प्रयोगमा र मदिरा बिक्री र सेवनमा समेत कडाइ गरिने स्थानीय प्रशासनहरूले सूचित गरेका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु