राष्ट्रिय खबर

छोरी र श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानलाई प्रहरीले गर्यो सार्वजनिक


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २९, १७:०२

जनकपुर । जनकपुरमा एक बालिकासहित युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार एक्कासी घरमै आइ एक बालिकासहित युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई घटना भएको करिब ३ घण्टामै प्रहरीले घरबाटै पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा घर भइ वडा नम्वर ७ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया आरती साहमाथि श्रीमानले नै एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीमाथि एसिड प्रहार गर्ने २४ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । बिहान करिब साढे ८ बजे एसिड प्रहार गरी फरार साहलाई बिहान करिब सवा ११ बजे जनकपुरधाम–४ स्थित संकट मोचन स्कुल नजिक डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

आरतीको हात, अनुहार, पेट, छातीलगायत शरीरको मुख्य भागमै एसिड प्रहार गरिएका कारण अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार सञ्जीवले श्रीमतीमाथि एसिड प्रहार गर्दा ३ वर्षीया छोरी समेतसँगै रहेकी रियालाई पनि परेको छ ।

आमा र छोरी दुवैको उपचार जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भइरहेको छ । आमाको अवस्था गम्भीर छ भने छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एसिडले आरतीको शरीरको २० प्रतिशत भाग जलेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक बस्नेतले बताए ।

आरतीको बुवा सुवोध साहका अनुसार आरती र संजीवको करिब ३ वर्ष पूर्व सामाजिक रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो । तर पारिवारिक विवादका कारण आरती लामो समयदेखि माइतमै बस्दै आएकी छन् । उनीहरु बीच मनमुटाव सुरु भएपछि सम्बन्ध राम्रो नरहेका कारण आरती माईतीमै बस्दै आएकी छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु