राष्ट्रिय खबर

दमक अस्पतालमा आगोलागी, लाखौंको क्षति


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २९, १८:०८

दमक, २९ कार्तिक । विद्युत चुहिएर झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज दिउँसो आगलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।

अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत चुहिएर आगोलागी हुदाँ रु १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ वजेदेखि लागेको आगोलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमीत्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताए । क्षतिको विवरण संकलन भईरहेको उनले वताए ।
दमक नगरपालिकाका दुई वटा दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय राज पण्डितले वताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु