कोरोना

दमकमा आजैमात्र ७६ जनामा संक्रमण पुष्टि


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २९, २०:३४

दमक, २९ कात्तिक । दमक नगरपालिकामा हालसम्मकै सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ । झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १—१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १—१ महिलामा संक्रमण पुष्टि भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु