राष्ट्रिय खबर

थ्रेसरमा च्यापिएर झापामा एक महिलाको घटनास्थलमै मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २९, २०:५९

भद्रपुर। थ्रेसरमा च्यापिएर झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ८ बजेतिर धान थ्रेसर गरिसकेपछि चलिरहेको थ्रेसरमा ती महिला परेकी थिइन्।

प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । घट्नापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल पठाउने जनाइएको छ । टाइम्स अफ प्रदेश बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु