काठमाडौं, ३० कार्तिक । कोरोना भाइरस संक्रमबाट विदेशमा थप आठ नेपालीको ज्यान गएको छ । यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोनाबाट आठ नेपाली ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या २९३ जना पुगेको छ ।

विश्वभरका ४४ देशमा अनुमानित ४५ हजार ४३९ नेपालीमा कोराना संक्रमण देखिएको संघले जनाएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।

यूके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको संघका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत छ । शनिबार साँझसम्म नेपालमा १२ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सामाजिक दूरी कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर