खानामा दही छ भने भिन्नै मज्जा आउँछ । तर दही खानुका जति फाइदा छन्, यसलाई गलत खाद्य पदार्थसँग मिसाएर खाँदा यसले निकै हानी पुर्याउने गर्छ । आयुर्वेदलाई विश्वास गर्ने हो भने दहीलाई कहिले पनि यी पाँच खाद्य पदार्थसँग मिसाएर खानुहुँदैन ।

प्याजः

दहीमा प्याज हालेर रायता बनेर खाने बानी तपाईंको छ भने तपाईंले आफ्नो बानी फेर्नुपर्छ । यसको कारण पनि छ । दहीभित्र चिसो हुन्छ । यस्तै प्याजले शरीरमा गर्मी पैदा गर्छ । जब दुबै मिसाएर खाइन्छ भने यो शरीरका लागि हानिकारक हुन्छ । यस्तो गर्दा छालामा एलर्जी, बिमिरा देखिनेलगायतका समस्या देखिन्छ ।

माछाः

दही र माछालाई मिसाएर खाँनु पनि हानिकारक छ । दुई प्रकारको प्रोटिनको स्रोतलाई एकैसाथ खान नहुने सुझाव दिइन्छ । यस्तै दोस्रो कारण भनेको दही गाई, भैंसीको दुधबाट बन्छ र माछा मांसहार स्रोत हो । जुन एकसाथ खाँदा पेटसँग सम्बन्धित समस्या पैदा हुन्छ ।

आँपः

दहीमा आँपलाई ससानो टुक्रा पारेर खाँदा निकै मिठो हुन्छ । तर यो जति मिठो हुन्छ, यो शरीरका लागि त्यति नै हानिकारक साबित हुन्छ । यसले शरीरमा चिसो र तातोको भाव पैदा गर्छ जसले शरीरको छालासँग जोडिएको समस्या निम्त्याउने गर्छ ।

दुधः

दही र दुधलाई कहिले पनि मिसाएर खानुहुँदैन । यसो गर्दा एसिडिटी र ग्यासको समस्या निम्तिन सक्छ ।

चिल्लो खानेकुराः

पराठासँग दही खाने शौख धेरैलाई हुनसक्छ । तर चिल्लो खानेकुरालाई दहीसँग मिसाएर खानु शरीरका लागि निकै हानिकारण हुन्छ । यसले तपाईंलाई अल्छी बनाइदिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय