अन्तराष्ट्रिय

ट्रम्प भन्छन् : बाइडेनले चुनाव त जिते, तर…


  काठमाडाैं   एजेन्सी   २०७७ मंसिर १, १३:२०

वासिंटन, मंसिर १

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा पराजय भोगेपछि पहिलो पटक जो बाइडेनलाई लक्षित गर्दै उनले चुनाव जितेको घोषणा गरेका छन् । तर फेरि अर्को ट्वीटमा बाइडेनले फेक मिडियाको नजरमा मात्रै जितेको भन्दै आफूले अझै पनि चुनावी नतिजा स्वीकार नगर्ने जिकिर गरेका छन् ।

आइतबार ट्रम्पले ट्वीट गर्दै ‘ही वोन’ अर्थात् ‘उनले जिते’ लेखेका हुन् । चुनाव सम्पन्न भएको एक साता बितिसक्दा पनि हार अस्वीकार गरिरहेका ट्रम्पले आज सायद पहिलो पटक यस्तो लेखे । तर फेरि अर्को ट्वीट लेख्दै ट्रम्पले त्यो जित फेक मिडियाको नजरमा मात्रै भएको आरोप लगाए ।

तर, ट्रम्पले केही समय अगाडी पुन एक ट्वीट गर्दै ‘मैले चुनाव जिते’ भनेर पोष्ट गरेका छन् । यद्यपी टिवटरले त्यसलाई असत्य भनि चिन्ह लगाईदिएको छ ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्प डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले बाइडेनमाथि बारम्बार चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । बाइडेनले मतगणनामा नतिजा चोरेको ट्रम्पको आरोप छ।

चौतर्फी आलोचनाका बावजुद उनले मुद्दा समेत दायर गरे । अन्तत उनले आइतबार अचानक यस्तो ट्वीट गरेका हुन् । ट्रम्पले चुनाव हारेपछि नै पत्रकार सम्मेलन गर्दै भविष्यमा कसको प्रशासन हुनेछ केही भन्न नसकिने भन्दै आफूले सरकार नछाड्ने संकेत दिएका थिए । यस्तै ट्रम्पले अदालती प्रक्रियामा गएर नतिजा उल्ट्याउन खोज्ने प्रयत्न पनि गरिरहेको अमेरिकी राजनीतिशास्त्रीहरुको भनाइ छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु