सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनै दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

यस्तै तेह्रथुमकी २० वर्षीया महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलामा पनि कुनै दीर्घ रोगको समस्या नभएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय