मुख्य खबर

नेपालसँगको व्यापार ध्वस्त भएको भन्दै भारतीय व्यापारीद्वारा काली नदीको पुल खुला गर्न माग


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर २, १०:५३

२ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका ब्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका छन् ।

काली नदीमा रहेको झोलुङ्गे पुले भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ । सो पुल मार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् ।

लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर बन्द गरिएको छ । अहिले सो पुल कुनै आपतकालीन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ ।

भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् । पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु