अन्तराष्ट्रिय

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर २, ११:४९

मनिला — फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

समुद्री आँधीका कारण मनिलामा आएको बाढी तस्बिर : रोयटर्स
यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु