मुख्य

युनाइटेड हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ३, १२:१४

युनाइटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थनीयमा बिक्री नभएको शेयर समेत थप गरी दोस्रो चरणमा ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ४३ हजार ६ सय ९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। । कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा मंसीर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु