कोरोना

कोरोनाबाट किस्ट अस्पतालमा एक महिलाको निधन


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ३, १२:४३

ललितपुर, ३ मंसिर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु भएको छ । ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।

ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । पाठकका अनुसार उनमा पुरानो दमको समस्या समेत थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु