घटना

लमजुङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एघार घाइते


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ३, १४:०३

लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका- ४ सिख्रभिरनजिक किसेदी खोलामा जिप दुर्घटना हुँदा दोर्दी– ५ छतिगाउँकी अन्दाजी ७० वर्षीया सुनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइतेमध्ये दोर्दी- का २० वर्षीय प्रकाश गुरुङ, १५ वर्षीय नीराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ र दोर्दी- ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमप्रकाश पुनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा दोर्दी गाउँपालिका- ५ का ३५ वर्षीय दुखित गुरुङ, दोर्दी गाउँपालिका- ५ का ५ वर्षीय दीपसन गुरुङ, पाचोकका ३७ वर्षीय चालक मक्कनसिंह गुरुङ, फोर्जुङका १० वर्षीया आशिका गुरुङ, फोर्जुङकै ४२ वर्षीया मनीषा गुरुङ, दोर्दी गाउँपालिका- ५ का १६ वर्षीय निरञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् । उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

बेंसीसहरबाट दोर्दीको पाचोक जाँदै गरेको ग.१ ज २१२७ नम्बरको बोलेरो जिप मंगलबार साँझ सवा ६ बजेतिर सडकबाट किसेदीखोलामा खसेको हो । उक्त जिप करिब १० मिटर तल किसेदी खोलामा खसेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु