दमक/झापाको दमकमा आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दमक ९ का ७० बर्षिय बल बहादुर धिमालको मृत्यु भएको हो । केही दिनदेखि स्वास्थ्य समस्याका कारण विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत उनमा कोरोना संक्रमण देखिएको थियो ।
उनलाई स्वास्थ्यमा सुधार नआएपछि हिजो मात्रै घर ल्याइएको थियो । आज बिहान २ बजे घरमै उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । दमकमा यससंगै कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । नगरपालिकामा संक्रमितको संख्या ८४२ र निको हुनेको संख्या ४८२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय