मुम्बई – अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । घरका तीन सदश्यमा कोरोना देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

समाचारका अनुसार सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ ।

सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ ।

कामको कुरा गर्ने हो भने सलमान खान पछिल्लो समय बिग बास १४ मा ब्यस्त रहेका छन् । उनी छिट्टै फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाई’ देखिनेछन् । फिल्ममा उनको साथमा दीशा पटनीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय