अर्थ/बजार

बिहीबार सुनको मूल्यमा गिरावट, तोलामा ९४ हजार ४०० रुपैयाँ


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ४, १२:३५

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच बिहीबार चादीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु