राष्ट्रिय खबर

राजा ल्याउनुपर्ने मागसहित बृहत प्रदर्शन


  धनगढी   सवाल नेपाल   २०७७ मंसिर ४, १८:३७

धनगढी/हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल ¥याली निकालेको छ ।
बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको ¥याली कैलालीकै अत्तरिया हुदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा ¥यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत् प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।
धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा १०० ओटा चारपांग्रे सवारीसाधनसहित तीन हजार मोटरसाइकलमा प्रदर्शनकारी सहभागी भएको समाजका प्रवक्ता अशोक मल्लले बताए ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको ¥यालीमा सहभागिता रहेको उनको भनाइ छ । पार्टीको समर्थन र विरोधमा नभइ स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाइएको उनले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु