कोरोना

दमकमा २० जनासहित झापामा ७५ नया संक्रमित


  काठमाडौ   सवाल नेपाल   २०७७ मंसिर ४, १८:४३

दमक/ झापाको दमकमा थप २० जनासहित झापामा आज ७५ जना कोरोनाका नया बिरामी थपिएका छन । दमकमा थपिएका नया संक्रमित झापाका सबै स्थानीय तहमा थपिएका सबैभन्दा धेरै हुन । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका १० महिला र १० पुरुषमा संक्रमण पुष्टी भएको हो । दमकसंगै गौरादहमा ४ जना, विर्तामोडमा ११, भद्रपुरमा ७, कमलमा ४, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, कन्काईमा ४, बुद्धशान्तिमा १, मेचीनगरमा ७ र हल्दीबारीमा ३ जना कोरोनाका नया संक्रमित थपिएका हुन ।
आज दमक र झापा गाउपािलकामा एक /एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । बिहान २ बजे दमक ९ का एक जना संक्रमितको मृत्यु समेत भएको छ । विएण्डसी अस्पतालमा उपचाररत दमक ९ का संक्रमित बल बहादुर धिमालको मृत्यु भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु