अन्तराष्ट्रिय

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी


  काठमाडाैं   एजेन्सी   २०७७ मंसिर ४, २०:४४

एजेन्सी । अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शीर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गरेका हुन् ।

रिपब्लीकन पार्टीका शीर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानुनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ । कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन् ।

अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ वर्षीय बाइडेन निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ वर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्वीकारेका छैनन् । ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आएका छन् । उनले मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उनको मागलाई खारेज गरिदिए पनि ट्रम्पले आफ्नो माग छोडेका छैनन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गरेका छन् ।अमेरिकामा हरेक चार चार वर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ । अमेरिकी उपराष्ट्रपतिमा यसपटक कमला ह्यारिस निर्वाचित भएकी छिन् । उनी पहिलो महिला उपराष्ट्रपति समेत भएको बताइएको छ । –पिटिआई

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु