भद्रपुर – श्रीमतीलाई हत्या गर्ने अभियाेगमा झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ ।

झापा जिल्ला अदालतको उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले घरबाटै मनमायाका श्रीमान् भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

गौरादह १ मा घरमै रहेका वेला मनमायाको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी उनको हत्या गरिएको थियोे ।
कोचिलान्युजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय