एजेन्सी । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् । उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए ।

मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरेलगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ । मेवालाललाई सन् २०१० मा बिहार कृषि विश्वविद्यालयको कूलपति हुँदा आर्थिक घोटाला लगायतका अन्य आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय