कोरोना

नेकपा नेता केशव बडाललाई कोरोना संक्रमण


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ५, १०:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बडालको शुक्रबार बिहान आएको पीसीआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो ।

बडाल पत्नी शान्तिको मंगलबार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिइएकोमा शुक्रबार बिहान रिपोर्ट पोजेटिभ आएको नेता बडालले जानकारी दिए । संक्रमणपछि शान्ति बडालको गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ भने केशव बडाल घरमै आइसोलेशनमा रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु