राष्ट्रिय खबर

विस्फोटक पदार्थसहित दुई जना पक्राउ


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ५, १०:२०

प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट विस्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन बरामद भएको प्रहरीले जनाएको छ ।

जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिनबहादुर आले बिहीबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सिंह र आलेलाई लुकिछिपी बसेको अवस्थामा विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्र्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु