काठमाडौं। मानिसको भाग्य कतिबेला बदलिन्छ पत्तै हुँदैन । मानिसहरु रातारात करोडपछि हुन्छन् । हिन्दीमा एउटा चर्चित उखान छ ‘उपरवाला जब देता है तो छप्पर फाड के देता है’ अर्थात भगवानले दिए भने घरको छानो फुटाएरै दिन्छन् । यस्तै भएको छ इण्डोनेसियाका एक युवकसँग । भगवानले उनलाई यति धेरै धन दिए जसको उनले कल्पना पनि गरेका थिएनन् । र, सबैभन्दा रोचक त उनलाई भगवानले यति धेरै धन उनको घरको छानो फुटाएरै दिए ।

बीबीसी इण्डोनेसियाको रिपोर्टअनुसार जोसुआ हुतागालुङ नामका ३४ वर्षका ती युवकलाई बेलायती मिडियाले फोन गरेर ‘नयाँ करोडपति’ भन्दा उनी चकित परे । खासमा गएको अगष्ट महिनामा उनको घरमा आकाशबाट एउटा ढुंगो खसेको थियो । त्यो ढुंगो उनको घरको छानो फुटाउँदै खसेको थियो । अहिले त्यो ढुंगाको मूल्य एक अनलाइन प्लेटफर्ममा प्रतिग्राम ७५७ पाउण्ड परेको छ । त्यो ढुंगो १ किलो ८०० ग्रामको छ जसको मूल्य १.४ मिलियन पाउण्ड (२० करोड नेपाली रुपैयाँभन्दा बढी) पर्न जान्छ ।

जोसुआ मानिसको लाश राख्ने काठको कफिन बनाउने व्यक्ति हुन् । उनले त्यो ढुंगा २० करोड इण्डोनेसियन रुपीमा बेचेको उत्तरी सुमात्राका एक पत्रकार देदी हेर्मावानलाई बताएका थिए जसले बुधबार बीबीसी इण्डोनेसियालाई यसको जानकारी दिएका थिए । उनले त्यो ढुंगा सुमात्रामा बस्दै आएका अमेरिकी नागरिक जारेड कोलिन्सलाई १७ अगष्टमा बेचेको पनि बताएका थिए । जोसुआले ढुंगाको मूल्य २०० मिलियन रुपी र ढुंगाले भत्काएको घर मर्मत गर्न १४ मिलियन रुपी गरी २१४ मिलियन रुपी पाएको बताएका थिए । उनले यो रकम लिएको प्रमाण दिन भने अस्वीकार गरे ।

जोसुआमा अनुसार उनले आफ्नो घरमा खसेको सबै ढुंगा बेचेका छैनन् । उनले कोलिन्सलाई १ किलो ८०० ग्राम बेचे तर उनको घरमा खसेको ढुंगाको तौल २ किलो २०० ग्राम थियो । बेचेर बाँकी रहेका टुक्रा आफन्तहरुमा बाँडिएको उनले बताए । ‘मैले ५ ग्राम पाएँ’ उनले भने । उनले बाँकी रहेको टुक्रा नबेच्ने बताए । उनले बाँकी रहेको ५ ग्राम सम्झनाको लागि राख्ने बताए । ‘५ ग्राम सानो टुक्रा हो’ उनले भने ‘यसलाई सम्झनाको लागि रहन दिउँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय