बिज्ञान/प्रविधि

टेलिकमले ल्यायो नयाँ अफर, भ्वाइस र डाटा दुवै एउटै प्याकमा लिन सकिने


  काठमाडौ   सवाल नेपाल   २०७७ मंसिर ५, १९:३८

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ ।

परिमार्जित अफर शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको टेलिकमले जनाएको छ ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु