अमेरिकाका केन्टुकीकी १५ वर्षीया किशोरी जन्मजात नै डाउन सिन्ड्रोमद्वारा ग्रसित थिइन् । उनलाई एक वर्ष अघि अर्थात् सन् २०१९ को जुलाईमा ब्लड क्यान्सर भयो ।

‘उनलाई दुई वर्षसम्म उपचार गर्नुपर्ने योजना बनाइयो तर ३० दिनमा नै उनी क्यान्सरमुक्त भइन्,’ केन्टुकीका गभर्नर एन्डी बिसियरले बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा भने । ती १५ वर्षे किशोरीबारे थप जानकारी सार्वजनिक गर्न उनले परिवारको अनुमति लिएका थिए ।

‘उनी ठ्याक्कै त्यस्तै व्यक्तित्व थिइन्,’ गभर्नरले भने । ‘उनले एकपटक निश्चय गरेपछि त्यो पूरा गरेरै छोड्थिन् ।’

एलेक्साले नोभेम्बर १५ तारिखमा कोभिड–१९ का कारण मृत्युवरण गरिन् ।

साथीहरुले उनलाई ‘सोसल बटरफ्लाइ’ को रुपमा चिन्दथे । ‘उनको हाँसो निकै जादुमय थियो, जसले दिन नै उजिल्याउने क्षमता राख्दथ्यो,’ बलार्ड काउन्टी इमर्जेन्सी म्यानेजमेन्ट डायरेक्टर ट्रेभिस होल्डरले भने ।

‘उनी बलार्ड मेमोरियल हाई स्कूलकी पहिलो वर्षकी छात्रा थिइन्, गायन समूहकी सदस्य थिइन्, चर्चको युथ ग्रुपकी निकै सक्रिय सदस्य थिइन् र आफ्नो परिवार र साथीभाइसँग निकै रमाउँथिन्,’ होल्डरले फेसबुक पोस्टमा लेखे ।

तर ह्यालोविन सुरु हुने हप्तामा एलेक्सा पुनः बिरामी पर्न थालिन् । छोरीलाई स्कूलमा लिन गएको केही दिनपछि दुबै आमा छोरीलाई कोरोनाको संक्रमण देखियो ।

उनकी आमालाई अस्पताल भर्ना गर्नुपर्यो र भेन्टिलेटरमा नै राख्नुपर्यो, होल्डरले भने । जबकी एलेक्सामा खासै संक्रमण देखिएको थिएन र उनी घरमा नै बसिन् । त्यतिबेला किशोरीका हजुरबुवा र हजुरआमालाई पनि कोरोनाको संक्रमण देखियो र अस्पताल भर्ना गरियो ।

‘दिन बित्दै जाँदा एलेक्साको स्थिती नाजुक हुँदै गयो । कोभिड संक्रमणका बेला निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरियो ।

उनलाई आफ्नो नियमित डाक्टरमार्फत् उपचार गराउनका लागि न्यासभिल पुर्याइयो । जहाँ उनकी दिदीको पनि उपचारपश्चात् कोरोना संक्रमण निको भएको थियो । उनलाई न्यासभिल पुर्याइएलगत्तै भेन्टिलेटरमा राखियो ।

अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्टै अर्थात् नोभेम्बर १५ मा एलेक्साकी आमा छोरीलाई भेट्न गइन् तर उनको त्यहि दिन मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय