काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । रजाल एण्ड रिजाल प्रोडक्सनले नयाँ फिल्मको रुपमा यो बनाउन लागेको हो । फिल्म सस्पेन्स लभस्टोरीमा बन्ने निर्माण युनिटले जानकारी दिएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय रहनेछ ।

फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् ।

अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरेको कार्यकारी निर्माता लक्ष्मण रिजालले बताए ।

‘डिसेम्बर फल्स’को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् ।
कार्यक्रम सहित फिल्म घोषणा गरेको निर्माण युनिटले लेखिकको जन्मदिनको बर्थ डे केक काटेको थियो । फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना,समस्यासमेत समाबेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।

आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने,‘यो फिल्मको स्क्रिप्ट र युनीट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’

माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट हुन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न फिल्म निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्म हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हल खुल्ने बिश्वास व्यक्त गरे ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय