७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमण जाने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ ।

ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानेछन् । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा निस्कने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर