कोरोना

आज देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ७, १७:१६

आज देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै, कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

यस्तै, आज थप ‍१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै, मृतकको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

> >

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु