एजेन्सी – फरक व्यवसायबाट बलिउड प्रवेश गरेर चर्चित बनेका केही सेलिब्रेटीले पुनः बीचमा नै बलिउड छोडेका छन् । फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता तथा अभिनेत्रीले यो क्षेत्र सजिल्यै छोड्न सक्दैनन् । यसैबीच, केही समयअगाडि मात्रै अभिनेता इमरान खानले बलिउड छोडेको घोषणा गरे । उनीजस्तै करियरको बीचमा नै बलिउड छोड्ने अन्य सेलिब्रेटीहरु ट्विकंल खन्ना, राहुल राय लगायत रहेका छन् ।

ट्विकंल खन्ना
बलिउडका सुपरस्टार राजेश खन्नाकी छोरी ट्विकंल खन्नाले ‘बरसात’, ‘मेला’ र ‘बादशाह’ जस्ता फिल्ममा काम गरेकी छिन् । फिल्ममा अपेक्षाकृत सफलता नमिलेपछि ट्विकंलले यो उद्योग छोड्ने फैसला गरिन् । हाल उनी ट्विकंल अहिले चर्चित इन्टेरियर डिजाइनर, लेखक र फिल्म प्रोड्युसर हुन् ।

आदित्य नारायण
बलिउडका चर्चित ‘प्लेब्याक सिंगर’ उदित नारायण झाका पुत्र आदित्य नारायणले एउटा फिल्म ‘शापित’ मा काम गरेकी थिइन् । उनले उक्त फिल्मपछि अभिनयबाट दुरी कम गरे । उनी अहिले टेलिभिजन शो होस्ट गर्छन् ।

राहुल राय
फिल्म ‘आशिकी’बाट रातारात स्टार बनेका राहुलले थुप्रै फिल्ममा काम गरे । तर उनले पहिलो फिल्ममा जस्तो अभिनयबाट चमत्कार देखाउन सकेनन् । त्यसपछि बलिउडबाट उनी गायब भए ।

कुमार गौरब
बलिउडका ‘जुबली स्टार’ का नामबाट चर्चित बनेका राजेन्द्र कुमारका छोरा कुमार गौरबले पहिलो फिल्म ‘लव स्टोरी’ बाट सफल भए । एक पटक सुपरस्टारको नामबाट चर्चित बनिसकेका कुमारले दर्शककामाझ आफ्नो छाप छोड्न सकेनन् । त्यसपछि उनले बलिउड नै छोडिदिए ।

डिनो मोरिया
सन् १९९९ मा आएको फिल्म ‘प्यार में कभी–कभी’ बाट बलिउडमा डेब्यु गरेका मोडल डिनो मोरियाले थुप्रै फिल्ममा काम गरे । उनले दर्शककामाझ अलग पहिचान बनाउन सफल भए । तर, उनले फिल्ममा काम गरेपछि उनले बलिउडलाई सधैँको लागि बिदा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर