दमक/ झापाको बिर्तामोडबाट सोमबार बिहान १० बजेबाट एक युवा बेपत्ता भएका छन् ।

सोमबार बिहान ७ बजे बिर्तामोडको एक होटलमा साथीभाइहरुले चियाकफी खाइ १० बजेतिर खान खान घर जान्छु भनी हिडेका २३ वर्षीय पर्वत पौडेल आजसम्म पनि कसैको सम्पर्कमा आएका छैनन् ।

उनको घरमा आमा बुवा र उनी गरी जम्मा ३ जनाको परिवार छ ।

पौडेल परिवारको एकमात्र सन्तान पर्वत हराउँदा उनकी आमा र बाबामा ठूलो पिरको पहिरो लडेको छ ।

छोरो खोजीका लागि प्रहरीमा निवेदन दिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।

मोवाइल ट्राकिङ गरी हेर्दा सोमबार झापाको हडिया बुधबारेमा देखिएका थिए भने बुधबार साँझ सुनसरी जिल्लातिर देखाएको थियो ।

यतिबेला उनका आफन्त, इष्टमित्र, छरछिमेकीलगायत सबैजना उनको खोजीकार्यमा तीव्र लागी परेका छन् ।

उनी झापाको बिर्तामोडस्थित एउटा सहकारीमा कार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय