काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ ।

भिडियोमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ । यस अगाडि ताराको गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतले निकैचर्चा पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय