काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणाम आउन थालेको छ । अहिलेसम्म जिल्लातर्फ १०५ मध्ये ८० मतगणना भइसकेको छ ।

जसअनुसार महासंघको केन्द्रीय सदस्यमा प्रदेश १ बाट यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश-२ मा विजयकुमार शाह विजयी भएका छन् । उनले १२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

यस्तै वाग्मती प्रदेशको मतगणना हुन बाँकी, गण्डकी प्रदेशबाट बाबुराम गिरी विजयी भएका छन् । उनले ९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

लुम्बिनी प्रदेशबाट कपिलवस्तुका जमशेर मियाँ १० मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले सात मत प्राप्‍त गरेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन् । उनले आठ मत प्राप्‍त गरेर केन्द्रीय सदस्य पदमा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय