काठमाडौं। नेपाल राष्ट्र बैंकले मापदण्ड तथा प्रावधान पु¥याएर आएका ग्राहकलाई ब्याज अनुदानमा सहुलियत कर्जा दिन बाध्यकारी व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाबाट यस शीर्षकमा लगानी बढ्न थालेको छ । गत असोजसम्ममा बैंकहरूबाट सहुलियत कर्जा शीर्षकमा ७२ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ लगानी भएको छ । भदौ महीनामा यस्तो लगानी रू।

६४ अर्ब ९५ करोड ४६ लाख थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार १ महीनाको अन्तरमा लगानीमा रहेको सहुलियतपूर्ण कर्जा रू।७ अर्ब ५१ करोड ३१ लाखले बढेको छ । गतवर्षको चैतपछिका केही महीना भने बन्दाबन्दी तथा निषेधाज्ञाले गर्दा यस्तो कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरूले बताउँदै आएका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू असोजसम्ममा प्रवाह गरेको ७२ अर्ब रुपैयाँ बराबरको कर्जा बक्यौता (लगानीमा रहेको रकम) मध्य सबैभन्दा बढी अंश अर्थात कुल मध्य ८४ दशमलव ४३ प्रतिशत कृषिमा छ । राष्ट्र बैंकको तथ्यांकले कुल सहुलियतपूर्ण कर्जामध्ये २७ हजार ३ सय ६९ जनाको ६१ अर्ब २५ करोड ५ लाख रुपैयाँको व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय शीर्षकमा बक्यौता रहेको देखाएको छ ।

यसअनुसार कुल सहुलियत कर्जाको बढी अंश कृषिमा केन्द्रित रहेको छ । बैंक तथा वित्तीय संस्थाले १ अर्ब ६ करोड ३६ लाख रुपैयाँ बराबरको कर्जा विनाधितो प्रवाह गरेको बताएका छन् । बाँकी ६० अर्ब १८ करोड ६८ लाख बराबरको कर्जा धितोमा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय