दमक/ झापामा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी ८ झिलझिलेकी ३६ बर्षिया महिलाको आज मृत्यु भएको हो ।
ति महिलाको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो । मेची अञ्चल अस्पतालमा सोमबार पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
संक्रमित महिलाको स्वास्थ्य थप कमजोर हुँदै गएपछि थप उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा उनको मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो संगै शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ भने जिल्लामा संक्रमित मृतकको संख्या ११२ पुगेको छ । यस अघि आजै बिहान दमक ३ की एक संक्रमित बृद्धाको धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय