१७ मंसिर, काठमाडौं । युवा खेलाडी कर्टिस जोन्सले गरेको एकमात्र गोलको मदतमा अयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले डच क्लब अयाक्सलाई १-० ले पराजित गरेको हो ।

जोन्सले ५८औं मिनेटमा नेको विलियम्सको पासमा गरेको गोल नै लिभरपुललाई ३ अंक दिलाउन निर्णायक बनेको हो ।

जितपछि ५ खेलबाट १२ अंकसहित लिभरपुल समूह डी को शीर्ष स्थानमा छ । समान खेलबाट ७ अंकसहित अयाक्स तेस्रो स्थानमा छ । अर्को खेलमा एफसी मिट्जिल्याण्डसँग १-१ को बराबरी खेलेको इटालियन क्लब एटलान्टाको ८ अंक छ र दोस्रो स्थानमा छ ।

अब समूहको अन्तिम खेलमा एटलान्टा र अयाक्सबी खेलमा विजयी हुने टिम लिभरपुलसँगै समूह्य डीबाट अन्तिम १६ मा पुग्नेछ ।

सिटीसँगै पोर्टो पनि अन्तिम १६ मा

यस्तै समूह सी बाट इंग्लिस क्लब म्यानचेष्टर सिटीसँगै पोर्चुगिज क्लब एफसी पोर्टो पनि अन्तिम १६ मा प्रवेश गरेको छ । यसअघि नै अन्तिम १ मा स्थान बनाइसकेको सिटीसँग पोर्टोले गोलरहित बराबरी खेल्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

५ खेलपछि सिटी १३ अंकहित शीर्ष स्थानमा छ भने १० अंक जोडेको पोर्टो दोस्रो स्थानमा छ । सिटीले अन्तिम खेलमा मार्सेसँग हार बेहोरे पनि सिटी समूह विजेता हुने पक्का छ ।

यसै समूहको अर्को मार्सेले ओलम्पियाकोसलाई २-१ ले पराजित गर्दै पहिलो ३ अंङ्क जोडेको छ । ओलम्पियाकोस र मार्सेको समान ३ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय