काठमाडौं । आजभोली सोसल मिडियामा जो पनि फेमस बन्न सक्दछ । त्यसका लागि टिकटक पनि एउटा विकल्प हो । मानिसहरु टिकटकमा बिभिन्न प्रकारका भिडियो बनाएर हाल्ने गर्दछन् ।

थोरै समयमा फेमस बन्नको लागि ४ युवकहरुले लाजमर्दाे हर्कत गरेका छन् । त्यसको सजाय उनीहरुले जेल जानुपर्याे ।
उनीहरुले टिकटकमा भाइरल बन्नको लागि एउटा भिडियो बनाए । उनीहरुले एक सर्पलाई समाते र त्यससँग डान्स गरे । त्यसपछि उनीहरुले सर्पलाई आगोमा जलाएर मारे ।

जीवलाई त्यसरी निर्मम हत्या गरेपछि वन विभागले उनीहरुलाई समातेर जेल पठाईदिए । यो घटना भारतको गुजरातस्थित महीसागर जिल्लाको बालासिनोर इलाकाको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४ युवकहरुले टिकटकमा भाइरल हुनका लागि आदिवासी गीतमा डान्स गर्दै सर्पलाई आगोमा जलाएर निर्मम हत्या गरेको भिडियो टिकटकमा हालेका थिए ।

तर उक्त भिडियो भाइरल बनेपछि उनीहरु चारैजनालाई वन विभागले गिरफ्तार गरेको र पुलिसलाई जिम्मा लगाएको हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय