राष्ट्रिय खबर

दमकमा ट्रयाक्टर पल्टिदा दुई जना र विर्तामोडमा हायसको ठक्करबाट एक जना गम्भिर घाईते


  दमक   सवाल नेपाल   २०७७ मंसिर १८, ०६:४५

दमक/ दमक –१ स्थित भानु चोक नजिकै भित्रि सडकमा हिजो साझ ट्रयाक्टर पल्टिदा भएको दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन । इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार मे १ त ७५१४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा साइकलयात्री दमक २ का २४ बर्षिय आकाश दर्जी र ट्रयाक्टरमा सवार दमक ९ का ४५ बर्षिय विरेन्द्र दर्जी घाईते भएका हुन । उनीहरुको टाउकोमा गम्भिर चोट लागेकोले उपचारका लागि तत्काल पठाइएको छ ।
ट्रयाक्टर चालक पाचथर मिक्लाजुङ गा.पा. ३ का २२ बर्षिय प्रेम कार्कीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । त्यसैगरी बिर्तामोड १ चारपाने चौकस्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व आउदै गरेको बा ४ ख ४२१ नं. को हायस माइक्रोले बाटो काट्दै गरेको पैदलयात्रीलाई ठक्कर दिदा ताप्लेजुङका १८ बर्षिय बिबेक खावुङ गम्भिर घाइते भएका छन । उनको उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको र हायस तथा हायस चालक धनुषाका २४ बर्षिय दिल बाहदुर थिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु