राजनीति

दमक कांग्रेसको वनभोज सम्पन्न


  दमक   सवाल नेपाल   २०७७ पुष २७, १६:३२

नेपाली कांग्रेस दमक नगर समितिले बर्षेनी गर्दै आएको वनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । पार्टिको नगर समितिको क्यालेण्डरमै हरेक बर्ष पुष २७ मा वनभोज कार्यक्रम गरिने तोकिए अनुसार आज दमक ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठान परिसरमा समसामयिक राजनीतिक परिवेशमा कांग्रेसको भुमिकाका बिषयमा अन्तरक्रिया सहित नाचगान गरेर वनभोज गरिएको हो ।

पार्टि केन्द्रिय सदस्य तथा पुर्व मन्त्री केशबकुमार बुढाथोकीको प्रमुख उपस्थिति र पार्टी नेता, कार्यकर्ता, भातृ संघ, शुभेच्छुक संघ संस्थाहरुको समेत सहभागितामा पुनर्मिलन कार्यक्रम सहित वनभोज सम्पन्न गरिएको कांग्रेस दमकका नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो ।

वनभोज कार्यक्रममा गायीका जुनु प्रसाईं सहित बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिएको कांग्रेस नगर सचिव तथा वनभोज आयोजक समितिका सम्योजक प्रकाश प्रसाइँले बताउनु भयो । कार्यक्रममा कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु